जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

जनकपुर । जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् ।

काम विशेषले जनकपुर आउने क्रममा उनको रेलको बोगी भित्रै मृत्यु भएको जनाइएको छ । बोगीमै सवार अन्य यात्रुका अनुसार टिटिले टिकट दिन भनेपछि उनी टिकट निकाल्ने बेला सिटमै ढलेका थिए ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..