डिआईजी पोखरेलले सम्हाले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

लहान । प्रहरी नायव महानिरीक्षक (डिआईजी) यज्ञ बिनोद पोखरेलले मधेस प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हालेका छन् । हालै सरुवा भएर आएका डिआईजी पोखरेले आइतबार मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको हो ।

पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक पोखरेलले मधेस प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।

त्यस पश्चात उनले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार गर्न निर्देशन दिए ।

यस्तै उनले आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिए ।

आइतबार कार्यालयमा हाजिर भएका डिआईजी पोखरेललाई प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..