धनुषामा चार महिना अघि प्रमे विवाह गरेका श्रीमान मृत फेला, श्रीमती घाइते

जनकपुर । धनुषामा श्रीमान मृत र श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडिया स्थित गहुँ खेतमा महोत्तरीको लोहारपट्टी नगरपालिका ३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् ।

उनकी श्रीमती अस्मिता सहनी गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पतालमा उपचार गराइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

उनका अनुसार आज बिहान पकडिया स्थित गहुँ खेतमा श्रीमान् राधे मृत फेला परेका हुन् । मोटरसाइकल पनि छेउमै दुर्घटना ग्रस्त अवस्थामा देखिएकाले दुर्घटनामै श्रीमनको मृत्यु र श्रीमती घाइते भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

राधेको ससुराली घर पकडिया हो । चार महिना अघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । केही साथीसंगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राति राधे निस्केका थिए । तर दुर्घटना भएपछि श्रीमतीलाई मातइ पुर्याएको र श्रीमानलाई छाडेर दुईसाथी भागेको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । फरार दुबै युवकको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

स्थानीयले भने रहस्यमय तरिकाबाट हत्या भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..