मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ

काठमाडौं । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका-५ कार्कीवाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया छन् ।

त्यस्तै अन्य तीन जना बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन। ती बालिकामाथि गत असोजमा बलात्कार भएको देखिएको छ । बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका का अनुसार कृषि विकास कार्यालय गमगढीकै सवारी चालक जुम्लाको चन्दननाथ नगरपालिका-७ का ३० वर्षीय पदम बहादुर कठायतसहित तीन जना फरार छन्।बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ। बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो ।

चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो।गत असोजमा बसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका थिए । त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई बलात्कार गरेको पीडित जाहेरीमा उल्लेख छ।फरार भएकाहरूलाई पनि प्रहरीले खोजीरहेको छ। पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..