बैंकविरुद्ध जनकपुरमा व्यापारीहरूको प्रदर्शन

जनकपुरधाम । जनकपुरधाममा उद्योगी व्यापारीहरूले बैंकविरुद्ध विरोध प्रदर्शन गरेका छन् । आइतबार विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरूविरुद्ध प्रदर्शन गरेको पीडित उद्योगी व्यवसायी संघर्ष समितिले जनाएको छ ।

बैंकको चर्को व्याजविरुद्ध जनकपुरधामस्थित जनकचोकबाट पीडित उद्योगी व्यवसायी संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंकअगाडि धर्नामा बसेको थियो । बैंकहरूको चर्को ब्याजदरविरुद्ध हामीहरू आन्दोलनमा उत्रिनुपर्ने बाध्य भएको समितिका संयोजक सुधीर पञ्जियारले बताए ।

पञ्जियारले भने व्यापारीहरूले आठ प्रतिशतमा लिएको व्याज १५ प्रतिशतसम्म पु¥याउँदा पनि चुप लागेर बस्नुपर्ने काम अन्त्य हुनुपर्ने बताए । बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको पञ्जियारले आरोप लगाए । उनले बैंकको व्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, व्याज बुझाउन थप समय दिनुपर्ने, व्याज नबुझाएसम्मका लागि डाक लिलाम नराख्नुका साथै कालोसूचीमा नराख्न माग गरे । हामीहरूको माग सम्बोधन नभए आउने दिनमा सशक्त आन्दोलन गर्ने बाध्य हुन्छौँ पञ्जियारले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..