गभर्नर अधिकारीको फोटो दुरुपयोग गरी नक्कली ह्वाट्स एप खोलिएको भन्दै सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको तस्बिर दूरुपयोग गरेर नक्कली ह्वाट्स एप बनाइएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

आइतबार राष्ट्र बैंकको एक सूचना जारी गर्दै नक्कली आइडी बनाएर रकम असुली गरी ठगी गर्ने काम भएको भन्दै सचेत गराएको हो ।

राष्ट्र बैंकले भनेको छ,’यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..