नाउपाको अध्यक्षमा रेशमले गरे उम्मेदवारी दर्ता, पर्ख र हेरको अवस्थामा रञ्जिता

काठमाडौं । बिहीबारबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको नयाँ नेतृत्वका लागि संरक्षकसमेत रहेका पूर्व सांसद रेशमलाल चौधरीले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । रेशम हाल उक्त पार्टीमा संरक्षकको भूमिकामा रहेका छन् ।

अध्यक्षका लागि रेशमसँग हालकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको दाबी रहेको थियो । महाधिवेशनस्थलमा रहेका एक नेताका अनुसार अध्यषमा दाबी गरेपनि रञ्जिताले हालसम्म उम्मेदवारी भने दर्ता गरेकी छैन्न । उनी अझैपनि पर्ख र हेरको रणनीतिमा रहेको बताईएको छ ।

रेशम २०७२ को भदौमा कैलालीको टीकापुरमा भएको घटनामा मुछिएर जेल गएपछि २ वर्षअघि रञ्जिताले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेकी थिइन् । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । रेशम तीनै तहको अदालतबाट टीकापुर घटनामा दोषी ठहर भएपछि जन्मकैदको सजाय भोगिरहेको अवस्थामा गत जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर छुटेका थिए ।

राष्ट्रपतिबाट आममाफी पाएपछि रेशमले खुल्ला राजनीतिमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् भने रञ्जिता संघीय सरकारकी मन्त्री हुन् ।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..