मधेशमा माघ ३ गते ‘स्वाभिमान दिवस’ मनाइने

जनकपुर । मधेश प्रदेश सरकारले माघ ३ गते ‘स्वाभिमान दिवस’ मनाउने निर्णय गरेको छ ।

देश संघीय संरचनामा गएपछि राखिएको सांकेतिक नाम ‘प्रदेश नम्बर २’लाई प्रदेशसभाले ०७८ माघ ३ मा मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो । यो दिन ऐतिहासिक रहेको भन्दै प्रदेश सरकारले ‘स्वाभिमान दिवस’मनाउने निर्णय गरेको छ ।

गृहसञ्चार तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता मोहम्मद समिमले बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ३ लाई ‘स्वाभिमान दिवस’को रुपमा मनाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘माघ ३ कै दिन प्रदेशले पहिचानसहितको नाम मधेश र राजधानी पनि जनकपुरधाम पायो । यो ऐतिहासिक दिन हो । त्यसैले अबदेखि त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेका छौं ।’उनले सार्वजनिक बिदा भने नदिने बताए ।

उनले माघ ३ मा स्वाभिमान दिवसु मनाउन सबै पालिका र मातहतका कार्यालयहरुमा पत्राचार गर्ने बताए । उनले भने, ‘हामी मन्त्रालय अगाडी दिप बाल्छौं । दिपावली मनाउँछौं । सबैले आफ्नो गाउँठाउँमा दिपावली गर्नुहुन्छ ।’माघ ३ मा ‘स्वाभिमान दिवस’ मनाउन पर्सा ३(१)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले मुख्यमन्त्रीको अनुरोध गरेका थिए ।

यस्तै मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ मा बीरगञ्जमा ‘बलिदानी दिवस’मनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..