राप्रपाको जलपानमा प्रचण्ड र देउवापछि केपी ओली पनि पुगे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, रास्वपाका सभापति रावि लामिछाने, मन्त्रिहरु, मन्त्रिपरिषद्का पूर्वध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक, पूर्व सुरक्षाकर्मी, उद्योगी, व्यपारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारणको उपस्थिति थियो । भने भर्खरै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् ।

एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको तेश्रो बैठकका कारण ओली चियापानमा पुग्न ढिलाई भएको हो ।

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..