सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा

सिरहा । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा दर्ता भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका संजयकुमार कामतीमाथि दुव्र्यबहार गर्दै खुकुरी देखाउने स्थानीय ६५ वर्षीय रामनारायण माथि प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता भएको हो

इलाका प्रहरी कार्यालय मिर्चैयाले रामनारायणमाथि अभद्र व्यबहारको मुद्दा दर्ता गरेको डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए । पीडित संजयले बुधबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दिएका छन् ।

उनलाई बुधबार पुनः प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला अदालत सिरहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ । गत सोमबार मिटरब्याज पीडितले कब्जा गरेको घरमा प्रवेश गर्न खोजेपछि संजयमाथि छिमेक रामनारायणसहित उनका परिवार कुटपिट गर्दै खुकुरी देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..