कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् ।

बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई उत्थान गर्ने बताए ।

‘कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ । हाम्रो समाजवाद क्रान्तिकारी, वैज्ञानिक समाजवाद हो’, उनले भने, ‘यसले गरिब, दिन दुःखी, अन्याय अत्याचार, शोषण र उत्पीडनमा परेकाहरूको उद्धार गर्छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दाबी गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको राजनीतिमा अहिले सबभन्दा खतरनाक प्रवृत्ति (प्रतिगामी) हरुले टाउको उठाएको बताए । उनले हिजो राजा नभए राष्ट्रियता कमजोर हुन्छ भन्ने समय भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..