फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ग्याब्रियल एटल

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बने‍का छन्।

उनीअघि समाजवादी नेता लौरेन्ट फाबियस सबैभन्दा कान्छो प्रधानमन्त्री थिए। उनलाई ३७ वर्षको उमेरमा १९८४ मा फ्रांसुआ मिटेरेंडद्वारा नियुक्त गरिएको थियो।

अटलले २० महिनाको कार्यकालपछि राजीनामा दिएकी एलिजाबेथ बोर्नको स्थान लिनेछन् । यो सम्पूर्ण कार्यकालमा उनी संसदमा बहुमतका लागि संघर्ष गरिरहेकी थिइन् ।

अटल हाल शिक्षामन्त्री छन् र उनको नियुक्तिले सबैको ध्यान तानिएको छ । अब उनको अगाडि चुनौती जुनमा हुन लागेको युरोपेली संसदको चुनाव हो जसमा उनले फ्रान्स सरकारको नेतृत्व गर्नेछन्।

उनको सरकारमा वृद्धि निकै तीव्र गतिमा भएको छ । १० वर्षअघि स्वास्थ्य मन्त्रालयमा सल्लाहकार हुनुका साथै समाजवादी पार्टीका सदस्य थिए ।

म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेकाले यसै साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रका राष्ट्रपतिले श्री ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ ।’

एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..