सिराहामा भाइ–भतिजको कुटपिटबाट वृद्धको हत्या

सिराहा । सिरहामा भाई भतिजको कुटाइबाट एक वृद्धको हत्या भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१ सोनापुरका ६८ वर्षीय हेमप्रसाद यादवको हत्या भएको हो । उनको आफन्तकै कुटपिटबाट मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेमप्रसादलाई आफ्नै भाई गंगाप्रसाद र भतिज जिवछले कुटपिट गरेका थिए । निर्घात कुटिएका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रविन्द्रराज पाण्डेले बताए । सीमानामा रहेको रुखको हाँगा काट्ने विषयमा दाजु–भाइबीच झगडा भएको र झगडा उग्र भएपछि भाइ–भतिज मिलेर कुटेपछि वृद्धको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । बाटैमा उनको मृत्यु भएकाले पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । कुटपिटमा संलग्न बाबुछोरा फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..