एक सय वटा मोटरसाइकल चोरी गर्ने पक्राउ


चोरीका मोटरसाइकल अवैध मदिरा ओसारपसारमा प्रयोग


विराटनगर । प्रहरीले मोरङ र सुनसरीबाट १ सय वटाभन्दा बढी मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारी र .भोक्राहा नरसिंह–२ का २३ वर्षीय निकाईल अन्सारी छन् ।


प्रहरीका अनुसार उनीहरुको धन्दा नै मोटरसाइकल चोरी गर्ने थियो । उनीहरुले चोरेका मोटरसाइकल भारततिर अवैध मदिरा ओसारपसार गर्न प्रयोग गरिन्थ्यो । उनीहरुलाई मोरङ प्रहरीले चलाएको अप्रेसनको क्रममा पक्राउ गरिएको हो ।अन्सारीद्वयले नेपालबाट चोरी गरेको मोटरसाइकल भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा बिक्री गर्दथे । प्रहरीले उनीहरुलाई मङ्सिर २९ गते पक्राउ गरेको थियो ।


पक्राउ परेका प्रतिवादीहरुविरुद्ध आइतबार मोरङ अदालतमा सरकारी वकिलको कार्यालयमा मार्फत अभियोग दर्ता गराइएको छ । प्रहरीका अनुसार उनीहरुले विराटनगरबाट मात्र सात वटा मोटसाइकल चोरी गरेको खुलेको छ ।

यसअघि पनि एक सयभन्दा बढी मोटसाइकल चोरी गरेको उनीहरुले बयानको क्रममा स्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
‘पक्राउ परेका गिरोह शृङ्खलाबद्ध चोरीको घटनामा संलग्न रहेको खुलेको छ,’ उनले भने, ‘विगतको घटनाक्रम पनि आपराधिक गतिविधिमा संलग्न रहेको छ ।’चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘चोरीमा संलग्न गिरोहको पक्राउ पश्चात मोटरसाइकल चोरीका घटनामा समेत ठुलो मात्रामा कमी आएको छ,’ डीएसपी दाहालले भने ।पक्राउ परेका उनीहरुले गत भदौ १० गते विराटनगर–२ बन्जरा चोकमा पार्किङ गरी राखेको को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरे । त्यसको एक महिनापछि असोज ५ गते विराटनगर–४ नोवेल अस्पताल परिसरबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।उनीहरुले मङ्सिरमा दिनैपिच्छे चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।

यसैगरी मङ्सिर ६ गते विराटनगर–७ सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङमा पार्किङ गरी राखेको को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाइकल, मङ्सिर ८ गते विराटनगर– ९ गद्री बजारबाट को २८ प ७८१५ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल, मङ्सिर ९ गते विराटनगर–७ कोशी अस्पताल परिसरबाट को.२५ प १८११ नं. को होण्डा कम्पनीको सीबी हर्नेट मोटरसाइकल, मङ्सिर २२ गते विराटनगर–४ नोबेल अस्पतालको पार्किङ स्थलमा पार्किङ गरी राखेको को २९ प ५५४ नं. को हिरो कम्पनीको स्प्लेण्डर मोटरसाइकल र मङ्सिर २७ गते विराटनगर–६ भाटभटेनी सुपरमार्केटको पार्किङ स्थलमा पार्किङ गरी राखेको होण्डा कम्पनीको को. २१ प ५८९४ नम्बरको साइन सीबी मोटरसाइकल चोरी गरेको आरोप छ ।


पक्राउ परेका अन्सारी विगतमा समेत अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । अन्सारीविरुद्ध २०५९ मङ्सिर ८ गते चोरी कसुरमा मुद्दा दर्ता भएको थियो । उनी अदालतबाट ५ हजार धरौटीमा छुटेका थिए । धरौटीमा छुटेपछि उनी फेरि अपराध कर्ममा लागेको देखिन्छ ।

त्यसपछि २०६७ पुस २० गते सुनसरीबाट केही सार्वजनिक अपराधमा उनीविरुद्ध मुद्दा दर्ता भएको देखिएको छ ।
त्यसपछि २०६७ माघ २ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ९ हजार धरौटीमा छुटेका अन्सारी २०५९ सालेदेखि २०७९ असोज १५ गते विभिन्न अपराधमा संलग्न अभियुक्त रहेको प्रहरीको भनाइ छ ।अर्जुन आचार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..