चितवनमा बोराभित्र भेटिएको दुई शव भारतीयको भएको खुलासा, हत्या गर्ने पनि भारतीय

चितवन । चितवनको भरतपुर महानगरपालिकामा बोराभित्र भेटिएको शव २ ओटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । बोराभित्र भेटिएका दुबै महिला र पुरुषको शव भारतीय नागरिकको भएको पाइएको छ । उनीहरु भारतको मोतिहारीका हुन् ।

गत मंसिर ६ गते भरतपुर महानगरपालिका १२ मिलनचोकमा बोरभित्र २ ओटा शव भेटिएको थियो । उनीहरुको हत्या गर्ने पनि भारतीय नागरिक नै भएको प्रहरीको भनाई छ । चितवनमा ब्यापार गरेर बस्ने उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो । विवाहहेत्तर सम्बन्ध थाहा पाएपछि हत्या भएको प्रहरीको भनाई छ ।

शवको पहिचान हुन नसकेपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो । भारतीय प्रहरीसँगको समन्वयमा हत्यारालाई भारततमै पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..