राष्ट्रिय सभा निर्वाचनः कांग्रेसले कोशीबाट सिटौलालाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशबाट पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ । कोशीमा रिक्त हुने दुई सिटमा गठबन्धन दलले एक सिट कांग्रेसलाई र अर्को एक सिट नेकपा (माओवादी केन्द्र) लाई दिएको थियो । माओवादीले कोशीमा चम्मादेवी कार्कीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले पाएको १० सिटमा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेको छैन । सभापति शेरबहादुर देउवाबाट ग्रिन सिग्नल पाएका सिटौला उम्मेदवारी दर्ता गराउन केही समयअघि विराटनगर जान हिँडिसकेका छन् ।

कोशीमा गगन–शेखर पक्षबाट डा. मिनेन्द्र रिजालको पनि दाबी थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सिटौलालाई टिकट दिन देउवालाई सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..