कोशीको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विराटनगर । कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई नियुक्त गरेका हुन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए ।

सो अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..