बरहथवा घटनाः आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

जनकपुर । एक जना युवाको ज्यान जानेगरी सर्लाहीको बरहथवामा भएको घटनामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने कि नगरकै मातहतमा राख्ने भन्ने विवादले उग्र रुप लिँदा बरहथवामा गोली चलेको थियो । प्रहरीको गोलीबाट जयशंकर साहको मृत्यु भएको थियो ।

साहको मृत्यु भएसँगै आन्दोलनले झन उग्र रुप लिएको थियो । दोषीलाई कारबाही गर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने लगायतका ११ बुँदे सहमति भएको हो ।

यस्ता छन् ११ बुँदे सहमति

१. मिति २०८० पौष २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका कममा बरहथवा नगरपालिका वडा नं. ६ का युवा व्यवसायी जय शंकर साहको असामयिक निधनले अत्यन्त मर्माहत एवम् शोकमग्न भएका छौ। दुःखको यस घडीमा दिवङगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना व्यक्त गरियो।

२. गृह मन्त्रालयद्वारा गठित छानविन समितिलाई सबै पक्षले आ-आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने।

३. पीडितको आश्रित परिवारको १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने।

४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानून बमोजिम प्रक्रिया पुरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने। अस्पताल सञ्चालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहकार्य एवम् छलफलबाट टुंग्याउने।

५. अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जय शंकर साहको शालिक स्थापना गर्ने।

६. उद्योग वाणिज्य संघ बरहथवा सहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरु स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्ति पूर्वक संचालनको लागि सबै पक्षले आ-आफ्नो तह र तप्काबाट सहयोग गर्ने।

७. मृतकको संम्झनामा निजको नामबाट प्रक्रिया पुयाई प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने।

८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउने।

९. मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने।

१०.आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधन लगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने।

११. मृतकको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टम पश्चात आफन्तलाई बुझाउने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..