ललितपुको सीडीओमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

काठमाडौं । सरकारले ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालमा कार्यरत सहसचिव तुलसीबहादुर श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण सीडीओ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय तानिएको थियो । सरकारले एक हप्तापछि पण्डितको ठाउँमा श्रेष्ठलाई जिम्मेवारी दिएको हाे ।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनाललाई दिइएको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरिएको थियो । उनलाई फिर्ता गर्ने निर्णय भएको एक सातापछि एसएसपी खनाललाई पठाइएको हो ।

खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । ललितपुर परिसरकै अप्रेसन कमाण्डर डीएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ । उनको स्थानमा भने यसअघि सुधीर राईलाई सरुवा गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..