नेपाली क्रिकेट टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विदेशमन्त्री जयशंकरको विश्वास

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाली क्रिकेट टिमलाई टी २० विश्वकपमा छनोट भएकोमा बधाई दिएका छन् । साथै, नेपाली टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएका छन् ।

नेपाली क्रिकेट खेलाडी र क्यानका पदाधिकारीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनले यस्तो विश्वास दिलाएका हुन् । उनले क्रिकेट टोलीका सदस्यहरु र क्यानका पदाधिकारीसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा सो भेटवार्ताबारे जानकारी दिँदै नेपालमा क्रिकेटको विकासका लागि भारतको सदैव साथ रहने प्रतिबद्धता जनाएका छन् । उनले एक्समा लेखेका छन्-

नेपाली क्रिकेट टोलीका सदस्यहरू र @CricketNep सँग अन्तरक्रिया गर्न पाउँदा खुशी लाग्यो।

टी-२० विश्वकपमा छनोट भएकोमा वहाँहरुलाई हार्दिक बधाई दिदै वहाँहरुको विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएँ । नेपालमा क्रिकेटको विकास लागि भारतको सदैव साथ रहने प्रतिवद्धता जनाएँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..