काठमाडौं । नेपालको भूकम्पपीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले आफ्नो भ्रमणको क्रममा १० अर्ब सहयोग गर्ने घोषणा गरेका हुन् ।
दुई देशका परराष्ट्रमन्त्रीको भेटपछि मन्त्रालयका प्रवक्ता अमृत राईले एक हजार करोड (१० अर्ब) नेपाली रुपैयाँ भारतले उपलब्ध गराउने घोषणा गरेको जानकारी दिए । कात्तिकमा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको छ ।