प्रचण्डसँग ओलीले भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले आफूहरुलाई पनि राष्ट्रिय सभामा केही सिट दिन भनेपछि एमालेलाई पनि सहभागी गराउने गरी छलफल भएको दाबी गरे ।

‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने ।

कांग्रेस र माओवादीका नेताबीच आज विहान भएको बैठक पनि एमालेको प्रस्तावमा नै केन्द्रीत भएर छलफल भएको उनको दाबी छ । नेता पाण्डेले एमालेको प्रतावभित्रको रहस्य राम्रोसँग बुझ्न आवस्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..