१ करोड ५ लाख घुस लिएको आरोप लागेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली जेल चलान

काठमाडौ । १ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन ।

न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार रहाँदा उनले १ करोड ५ लाख रुपैयाँ घुस लिएको पाइएकाले ११ पुसमा पक्राउ परेका थिए । उनले पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड ५ लाख रूपैयाँ घुस मागेको आरोप लागेको छ ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनी पक्राउ परेका थिए । उनीहरुले उदयबहादुरले समेत घुस दिएको बताएपछि पक्राउ पूर्जी गरी कार्यकक्षबाटै पक्राउ गरिएको थियो ।

मित्रमिलन सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए। उक्त रकममध्ये २० लाख भने उदयबहादुरले फिर्ता गरेको पाइएको प्रहरीले जनाएको छ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै कारागार चलान भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..