नेपाल भ्रमणमा आएका भारत-क्यानडा चेम्बरका प्रतिनिधिलाई लुम्बिनी कोषका उपाध्यक्षले गरे स्वागत

रुपन्देही । भारत-क्यानडा चेम्बर अफ कमर्स ट्रेड भारतका प्रतिनिधिहरु भ्रमणका लागि नेपाल आएका छन् । तीन दिने नेपाल भ्रमणमा आएका उनीहररुलाई माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा। ल्हारक्याल लामा तथा चेम्बर अफ कमर्स, रुपन्देहीका प्रतिनिधिहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बुधबार स्वागत गरे ।

उपाध्यक्ष डा।लामाले स्वागत गर्दैबुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा घुम्न आउन निमन्त्रणा समेत गरेका थिए ।

भारतीय व्यवसायसँग गहिरो व्यावसायिक साझेदारी स्थापित गर्दै आएको चेम्बरले क्यानाडाको आर्थिक वृद्धिको लागि महत्त्वपूर्ण सहयोग गर्दै आएको छ भने खाद्यान्न र प्राकृतिक स्रोतसाधनहरु, सूचना प्रविधि, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा समेत साझेदारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..