गलत रिपोर्ट बनाएको भन्दै आयोग घेराउ

काठमाडौं । मृतक आरती साहलाई न्याय दिलाउनका लागि २०१ दिनदेखि धर्नामा बस्दै आएका परिवारजनलगायतकाले राष्ट्रिय मानवअधिकार आयोग घेराउ गरेका छन् ।

मानवअधिकार आयोगले आरती साहको बारेमा गलत रिपोर्ट बनाएको भन्दै प्रदर्शनकारीहरुले आयोग अगाडि प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई प्रक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् ।

सरकारले काठमाण्डु स्थित माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि मृतक आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्णरुपमा धर्ना दिँदै आएका थिए ।

आयोगले आरती साहको बारेमा अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएकोले अभियानीहरुको सहयोगमा सो रिपोर्टको विरोधस्वरुप प्रदर्शन गरिएको बुवा विनोद साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..