रुस-युक्रेन लडाइँमा थप तीन जना नेपालीको मृत्यु

काठमाडौं । भिजिट भिसामा रुस पुगेर रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको लडाइँको क्रममा मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन्।

उनीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको उनको भनाई छ । हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये अहिलेसम्म ९ जना नेपाली युवाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..