जिम्मेवारीमा सबै गम्भीर भए सुशासन आफै कायम हुन्छ : आयुक्त श्रेष्ठ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने बताउनु भएको छ । विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिनेमा कुनै शङ्का नभएको उहाँले बताउनुभयो ।

आयुक्त अमात्यको अध्यक्षता र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम मङ्गलवार सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कोशी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वर कुमार गिरीले सुशासन प्रवर्द्धन एवम् भ्रष्टाचार नियन्त्रणका लागि कर्मचारीले प्रचलित नियम कानुनको परिधि भित्र रहेर कार्यसम्पादन गर्नुपर्ने विषयलाई जोड दिनुभयो। यता मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हामी सबैको सहयोगी निकाय भएको, संविधानले नै परिकल्पना गरेको भ्रष्टाचार नियन्त्रण एवम् सन्तुलन कायम गर्ने संवैधानिक निकाय भएको हुँदा सबैको हातेमालोबाट मात्रै सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका प्रमुख सुरेश न्यौपानेले सहभागीहरूलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसै गरी आयोगका सहन्यायाधिवक्ता पुजा खत्रीले आयोगको समग्र विवरणसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका माननीय भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जगेबू, कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरू, प्रदेश सचिवहरू र सङ्घीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..