राष्ट्रिय सभा निर्वाचनः सत्तारुढ दलले एमालेलाई पनि छलफलमा बोलायो, केही सिट दिने तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) लाई पनि केही सिट दिन सत्तारुढ गठबन्धन दलहरु लचिलो भएका छन् । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का नेता र नेपाली कांग्रेसका नेताबीच भएको छलफलमा एमालेलाई पनि केही सिट दिन सकिने बारे छलफल भएको हो ।

आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट, सभापति शेरबहादुर देउवा, उपसभापति पूर्वबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए । दुई दलका नेताबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाबारे मोटोमोटी सहमति बनेको बताइएको छ ।

साथै, आज दिउँसो ३ बजेका लागि गठबन्धन दलको बैठक आह्वान गरिएको छ । लगत्तै बेलुकी पाँच बजे गठबन्धन दलले एमालेसँग बैठक बस्नेछ । गठबन्धन दलको प्रस्तावमा सहमत भएमा राष्ट्रिय सभामा एमालेले पनि सिट पाउने पक्का भएको छ । एमालेलाई गठबन्धन दलले कति सिट दिन चाहेको हो भन्ने बारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..