वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले २४ लाख बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नं गण पर्सा र मातहत इकाइले साे भन्सार छलीको सामान बरामद गरेको हाे । बीरगन्ज महानगरपालिका-२ भकुवामा भारतबाट अबैध रुपमा भन्सार छली ४ जना ब्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको भन्सार छलेर ल्याएकाे ५ लाख ३२ हजार ६ सय रूपैयाँ बराबरको कपडा बरामद गरेकाे छ ।
त्यस्तै, बीरगन्ज महानगरपालिका-१ छटघाटस्थित सशस्त्र प्रहरीकाे गाडी मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको भन्सार मुल्य रु. ६९ हजारबराबरको कपडा बरामद गरेको छ । पर्साकै बिन्दवासिनी गाउँपालिका ३ झौवा स्थित सीमा ईलाकामा गस्ति टोलीले भारतबाट अबैध रुपमा ४ वटा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको भन्सार मुल्य रु. ६१ हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु (५४० केजी) बाेकेकाे चार वटा साईकल बरामद गरेकाे छ ।
वीरगन्जकै १९ बर्वा स्थित नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली प्रदेश २-०३-००१ च ५४८९ नं. को पिक-अप गाडीमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको मुल्य १ लाख ९८ हजार बराबरको ३ हजार ३ सयकेजी प्याज बरामद गरेकाे छ ।
भन्सार छलीको २४ लाख मूल्य बराबरको प्याज, कुर्ता सुरवाल, थानको कपडा र काँस जस्तो देखिने धातु बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।