बालकुमारी घटनालाई सामान्य रुपमा लिनु हुँदैन : अध्यक्ष केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

उहाँले विदेशमा रोजगारी गर्न जान पाइएन भनेर ३० हजार बढी युवा राज्यविरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताउनुभयो । साथै उहाँले युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले जुन बहुदलीय व्यवस्था ल्याएर राज्य सञ्चालन गरिरहेका छौँ । हामीले किन औद्योगिकरण गर्न सकेनौँ, किन युवालाई रोजगारी दिन सकेनौँ, किन यति धेरै युवाहरु विदेशी रहेका छन्, त्यहाँनेर हेर्नुपर्छ । युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ है ।’’

सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समिक्षा गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..