सिरहाबाट श्रोत नखुलेको ८ लाख रकमसहित दुई युवक पक्राउ

लहान । सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ का १९ वर्षीय ओम प्रकाश महतो छन् ।

दुबैजनालाई सशस्त्र प्रहरीको टोलिले भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा बरियारपट्टी सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा श्रोत नखुलेको ८ लाख रुपैयाँ नगद भेटेपछि पक्राउ गरेर दुवै जनालाइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..