बालकुमारी घटनाः मन्त्रीद्वय श्रेष्ठ र ज्वालाको राजीनामा माग्दै चर्कियो आन्दोलन

काठमाडौं । गत शुक्रबार दुई जना युवाहरुको ज्यान जाने गरी बालकुमारीमा भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन चर्किएको छ । उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै आन्दोलनलाई उग्र बनाएका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षाको विवादलाई लिएर ईपिएस कार्यालय घेर्न गएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सो घटनालाई लिएर आज (आईतबार) वीरेन्द्रनगरमा युवाहरुले आन्दोलन चर्काएका हुन् । उनीहरुले मुख्य सडक चक्काजाम गरेका छन् । सोही घटनालाई लिएर हिजो पनि प्रदर्शन भएको थियो । प्रर्दशनकारीहरुले राज्यले जबरजस्ती प्रदर्शन दवाउन खोजे जुनसुकै अप्रिय घटना घट्नसक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..