बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौं । राज्य व्यवस्था तथा सुशान समितिले बालकुमारीमा दुई जना युवकहरुको ज्यान जाने गरी भएको घटनाबारे गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ ।

समितिका सभापति रामहरि खतिवडाले भोलि विहान साढे ८ बजे बैठकमा बोलाएर जवाफ माग्ने तयारी रहेको रिपोर्टर्स नेपाललाई बताए ।

गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको भएको उक्त घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..