राष्ट्रिय सभा निर्वाचनः कांग्रेसले सत्तारुढ दलसँग गठबन्धन गर्ने, अवसर नपाएकालाई प्राथमिकता दिने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने भएको छ । पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको हो ।

‘राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने,’– निर्णयमा भनिएको छ ।

साथै, उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरू मध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिने बताइएको छ । त्यसैगरी, पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउनसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका र अवसरबाट वञ्चित भएका योग्य व्यक्तिलाई प्राथमिकता दिइने निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..