वडाध्यक्ष पोखरेललाई पक्रउ गरेको विरोधमा वन कार्यालयमा तालाबन्दी

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको करजन्हा नगरपालिका वन्दीपुरमा स्थानीयहरुले सडक अवरुद्ध गरेका छ्न् । कर्जनहा नगरपालिकाका– १ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेललाई डिभिजन वन कार्यालय लहान सिराहाले पक्रउ गरेको विरोधमा स्थानीयहरुले वन्दीपुर वन कार्यालयमा तालाबन्दीका साथै सडक अवरुद्ध गरेका हुन् ।

उनीहरुले वडाध्यक्ष पोखरेललाई विना शर्त रिहाइको माग गर्दै कार्यालयमा तालावन्दी र सडक जाम गरेका हुन् । सडक जामका कारण सयौँ सवारीसाधन तथा यात्रुहरू बिचमै अलपत्र परेका छन् ।

डिभिजन वन कार्यालयले निजी जग्गाको पुरानो पोखरी सरसफाइको सिफारीस गरेकै भरमा वडाध्यक्षलाई पक्राउ गरेकाले आफूहरुले विना शर्त रिहाइको माग गर्दै सडक जाम र कार्यालयमा तालाबन्दी गरेको स्थानीयहरुले बताएका छन् ।

डिभिजन वन कार्यालय लहान सिराहाले कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन गर्न ठेकेदारलाई गैरकानूनी रुपमा सिफारीस दिएको प्रमाण फेला परेपछि वडाध्यक्ष पोखरेललाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..