बालकुमारी घटना प्रकरणमा ईपीएस कोरिया शाखा प्रमुख सुवेदी निलम्बित

काठमाडौं । शुक्रबार ललितकोरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको झडप प्रकरणमा ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदी निलम्बित भएका छन् ।

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुवेदीलाई निलम्बित गर्ने निर्णय गरेको हो । यसअघि ईपीएस कोरियाका लागि सिप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो ।

बैठकले सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज (डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बिन गर्ने निर्णय भएको बताइएको छ ।

शुक्रबार पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

त्यसअघि प्रदर्शनका समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगोसमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..