काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै-उस्तै होः मन्त्री किराँती

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप लगानी गरेर कुनैपनि परिणाम दिन नसक्ने दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले काठमाडौंमा नभएर अब उपत्यका बाहिर थप लगानी बढुाउनुपर्ने बताएका हुन् ।

‘अब काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै हो’, मन्त्री किरातीले भने, ‘त्यसकारण यसको विकल्प हामीले खोज्नै पर्छ । र यसको विकल्प भनेको निजगढ विमानस्थल नै हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..