सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ : अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले देशभित्र केही गर्न युवालाई आह्वान गर्नुभएको हो ।

अर्थमन्त्री महतले विभिन्न तथ्याङ्कले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्ने बताउनुभयो । नेपालमा लगानीको वातावरण केही छैन भन्ने भ्रममा परेर विदेश जानुभन्दा नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाले राखेर अघि बढनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशमा धेरै गर्न बाँकी छ, अवसर पनि यही छन् ।”

निकुञ्ज जनताको लागि र जनता निकुञ्जको लागि भन्ने अवधारणाको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उहाँले दुवैलाई आवश्यकता आभाष दिलाउने गरी ऐन परिर्वतन हुनुपर्ने बताउनुभयो । निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने भन्दै अर्थमन्त्री महतले पुरानो ऐनले जनता र निकुञ्जबीचको दुरी बढाइएको आफूले पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..