२६ जना प्रहरीलाई सात दिनभित्र मुख्यालयमा हाजिर हुन उर्दी

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कबिहीन प्रहरीलाई तत्काल प्रहरी प्रधान कार्यालयमा हाजिर हुन उर्दी जारी भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो। यसरी उर्दी जारी गरिएका पदहरूमा वरिष्ठ हवलदारदेखि प्रहरी जवानहरू छन्।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको, खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२)बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्कमा नआएकाले सूचना जारी गरेको जनाइएको छ।

‘कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१०को खण्ड (च)को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) ९१० बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछु, सूचनामा भनिएको छ।

यसलाई प्रहरी नियमावली २०७१ को अनुसूची १४को भाग ४ को प्रयोजनार्थ सफाइको मौका प्रदान गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..