प्रहरी श्रीमती संघद्वारा ४० जना विपन्न, एकल र ज्येष्ठ नागरिकलाई न्यानो कपडा विवरण

डोटी । नेपाल प्रहरी श्रीमती संघले डोटीको दिपायल सिलगढी नगरपालिका-४ मा रहेका ४० जना अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (कम्बल) विवरण गरेको छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा मङ्गलवार अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिक लाई न्यानो कपडाकासाथै बिस्कुट विवरण गरिएको हो ।

चिसोयामको यो सहयोगले केही भएपनि राहत पुगोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरेको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रहरी श्रीमती सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी पराजुली कुँवरले बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती सङ्घ अध्यक्ष एकता बोहरा रहेकी थिइन् ।

नेपाल प्रहरी श्रीमती संघले नगरभित्रका अति विपन्न ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई न्यानो कपडा वितरण गर्दा चिसोको समयमा धेरै राहत पुग्ने कार्यक्रमकी सभाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउँदले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..