क्रिसमसको शुभकामना दिँदै रवीन्द्र र राजेन्द्रले भने- ‘सबैले सबैलाई सम्मान गरौँ ईश्वरले सबैको भलाइ गरून् !’

काठमाडौं । इसाइ धर्मावलम्बीहरुको पवित्र पर्व क्रिसमसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष मिश्र कट्टर हिन्दूवादी पार्टी राप्रपाको नेतृत्व तहमा रहेका छन् । हिन्दुवादी पार्टीको नेतृत्वमा रहेपनि आफूहरुले सबै धर्म संस्कृतिलाई सम्मान गर्ने उनीहरुको तर्क छ । लिङ्देनले भनेका छन् ‘क्रिसमसको अवसरमा सम्पूर्ण क्रिश्चियन धर्मावलम्वीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’।

यता मिश्रले पनि क्रिसमसको शुभकामना दिँदै सबैले सबैलाई सम्मान गर्न र ईश्वरले सबैको भलाइ गरून् भन्ने कामना गर्दै भनेका छन् ‘क्रिसमह्सको अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण क्रिस्चियन धर्मावलम्वीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सबैले सबैलाई सम्मान गरौँ। ईश्वरले सबैको भलाइ गरून् ! ’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..