हात्तीको आक्रमणबाट एक जना घाइते

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छ । शनिबार राति मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाकी कान्छिमाया तामाङलाई घरबाट बाहिर निस्कदा जङ्गली हात्तीले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरबाट बाहिर निस्कदा अचानक जङ्गली हात्ती आई आक्रमण गर्दा ५१ वर्षीया तामाङको ढाडमा चोट लागि बेहोस भएपछि प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर पुरानो मेडिकल चितवन पठाइएको छ ।

हात्ती घटनास्थल नजिकै रहेको हुँदा उक्त स्थानमा स्थानिय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोष्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोष्ट कत्ले खोलाको टोली र ईलामा प्रहरी कार्यालय मनहरीको टोलीले हात्तीलाई जङ्गलतर्फ लखेटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..