पीएम कप महिला क्रिकेटः एपीएफको लगातार तेस्रो जित, लुम्बिनी ९० रनले पराजित

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको खेलमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ । एपीएफले लुम्बिनीलाई ९० रनले पराजित गरेको हो ।

एपीएफले दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको लसम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र जोडेपछि एपीएफले ९० रनको विशाल जित हात पारेको हो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ एपीएफकी इन्दू बर्माले तीन तथा विनु बुढाले २ विकेट लिईन् ।

यसअघि मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन जोडेको थियो । उसका लागि राष्ट्रिय महिला टिमकी कप्तानसमेत रहेकी इन्दू बर्माले ७० रनको शानदार अर्धशतकीय पारी खेलिन् । मात्र ५१ बलको सामना गरेकी इन्दूले ७ चौका र १ छक्का हिर्काईन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रनको अर्धशतकीय पारी खेलिन् ।

त्यस्तै कप्तान सीता राना मगरले ८ रन थपिन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र सर्मिला रोकाले समान १ विकेट लिईन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..