नेपाल प्रहरी श्रीमती संघ र नोवेल अस्पतालबीच सम्झौता, उपचारमा विशेष सहुलियत सुविधा

काठमाडौं । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच प्रहरीका कर्मचारी र आश्रित परिवारको उपचारमा विशेष सहुलियतका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचारका परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्य(आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) हरुले अस्पताल सेवामा २५ प्रतिशत छुट पाउने छन् ।

छुट सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवामा उपलब्ध हुनेछ । सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनु पर्ने छ । सम्झौता पत्र अनुसारका सेवा सुविधाहरु मिति २०८० पौष १ गतेबाट २०८१ पौष १ गतेसम्म लागू हुनेछ ।

कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक श्रीमती इन्दिरा शर्मा (बराल) र नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा.डा. राजेश नेपाल र कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा.सरोज कुमार सिंह, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधिकारीहरु लगायतका उपस्थिति थियो ।

सम्झौता पत्रमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउदै आइरहेको र प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका सदस्यहरुको उपचारमा विशेष सहुलियत दिने उद्देश्यले सम्झौता गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..