सरकारको काम कारबाहीप्रति शेखरको असन्तुष्टि, मागे प्रधानमन्त्री प्रचण्डको ‘रिपोर्ट कार्ड’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि ब्यक्त गरेका हुन् । उनले सरकारका मन्त्रीहरुको कामको जस अपजससमेत प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डको रिपोर्ट कार्डसमेत मागेका छन् । प्रधानमन्त्री प्रचण्डको रिपोर्ट कार्ड माग्दै उनले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेको आगामी पुस १० गते एक वर्ष पुग्दैछ । पछिल्लो समय कांग्रेसइतर समूहका नेताहरुले प्रधानमन्त्री प्रचण्डको काम कारबाहीलाई लिएर चर्को आचोलना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..