यू-१९ एसिया कपको उपाधि जित्न यूएईलाई २८३ रनको विशाल लक्ष्य,आशिकुरको शानदार शतक

काठमाडौं । ओपनर आशिकुर रहमान शिबलीको शानदार शतकको मद्दतमा यूएईमा जारी एसीसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेशले आयोजक यूएईलाई २८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल १ मैदानमा टस हारेर सुनुवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रनको उत्कृष्ट योगफल खडा गर्यो । उसका लागि ओपनर आशिकुर रहमान शिबलीले १२९ रनको विशाल पारी खेले । १४९ बलको सामना गरेका उनले १२ चौका र एक छक्का हिर्काए । त्यस्तै चौधरी मो। रिजवान र आरिफुल इस्लामले क्रमश ६० र ५० रनको अर्धशतकीय पारी खेल्दा कप्तान महफुजुर रहमान रब्बी २१ रनमा आउट भए ।

बलिङतर्फ यूएईका अहमान अहमदले सर्वाधीक ४ विकेट लिए । १० ओभर बलिङ गर्दा उनले ५२ रन खर्चिएर ४ विकेट लिएका हुन् । त्यस्तै ओमन रिहमदले पनि २ विकेट लिए ।

बंगलादेशले सेमिफाइनलमा भारतलाई र यूएईले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । यूएईले इतिहास रच्दै पहिलोपटक फाइनलमा स्थान बनाउँदा बंगलादेश दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि बंगलादेश २०१९ को संस्करणमा फाइनलमा पुगेको थियो । बंगलादेश त्यतिबेला श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..