प्रहरीको ड्रग्सविरूद्धको अभियान उदयपुरमा सुरू

उदयपुर । उदयपुरमा ड्रग्सविरुद्बको अभियान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘म हिम्मत गर्छु, अब म ड्रग्स सेवन गर्दिन’ अभियान गत शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।

लागू औषधको कुलतमा परी सुरूवाती चरणमा रहेकाहरूलाई माया, हेरचाह तथा मनोपरामर्शको माध्यमबाट कुलतबाट छुटाउन मनोबल जगाउने उद्देश्यले यो अभियान सुरु गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको अभियान जिल्लाका सम्पूर्ण ठाउँहरुमा सञ्चालन गरि एसपी थापाले बताए । यो अभियानमा हालसम्म कुलतमा फसेका ५२ जनालाई कुलत छोडन पर्छ र सकिन्छ भन्ने दृढ इच्छा शक्ति जगाउन अनुशिक्षण दिइएको छ ।

कार्यक्रममा पहिला दुर्यव्यसनमा परेर छुटेका व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थिति प्रयोगकर्ताहरुले अब कहिले पनि लागूऔषध सेवन नगर्ने दृढता समेत व्यक्त गरी हस्ताक्षर समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..