स्थानीयलाई पेस्तोल पड्काउन दिने असई निलम्बित


बझाङ । बझाङमा स्थानीयलाई पेस्तोल पड्काउन दिने नेपाल प्रहरीका असई पदबाट निलम्बित भएका छन् ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) पुस्कल चन्दले स्थानीयलाई आफ्नो पेस्तोल पड्काउन दिएपछि उनलाई शुक्रबार निलम्बन गरिएको हो ।


निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामिलाई रमाइलोको लागि भन्दै पेस्तोल पड्काउन दिएका थिए ।

हातहतियारको दुरुपयोग गरेको उक्त विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि असईलाई निलम्बन गरेर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..