सामाजिक संस्था नेपाल स्काउट किन गतिशील हुन सकेन ?


काठमाडौं । बालबालिका र युवालाई स्काउट शिक्षाका माध्यमबाट अनुशासित र स्वावलम्बी बनाउने सामाजिक संस्था हो– नेपाल स्काउट । तर पछिल्लो समय राजनीतिक र सरकारी हस्तक्षेपका कारण नियमित निर्वाचन हुन नसक्दा स्काउट गतिशील हुन सकेको छैन ।

अहिले १२ वर्षपछि स्काउटको निर्वाचन गर्न लागिएको छ ।
विद्यालय तहबाटै बालबालिका र युवालाई स्काउटका माध्यमबाट शारीरिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाई मुलुकको विकासमा सहभागी गराउने मुख्य काम स्काउटको हो । २००९ सालमा स्थापना भएको स्काउट सातै प्रदेश र ३ सय ६५ स्थानीय तहमा पुगेको छ । देशभरमा १ लाखभन्दा बढी स्काउटका सदस्य छन् ।


अनौपचारिक शिक्षाका माध्यमबाट विभिन्न स्काउटिङ तालिम दिई अनुशासित, योग्य नागरिक उत्पादन गर्ने संस्था राजनीतिक हस्तक्षेपका कारण गतिशील भने हुन सकेको छैन । राजनीतिक र सरकारी हस्तक्षेपकै कारण कहिले नियुक्ति त कहिले विघटन हुँदै आएको स्काउटमा एक दशकदेखि निर्वाचनसमेत हुन सकेको छैन् । २०७५ सालमा नियुक्त भएको स्काउट राष्ट्रिय समितिले १२ वर्षपछि निर्वाचन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको छ ।


स्काउट मात्र होइन, नेपाल रेडक्रसलगायतका सामाजिक संस्थासमेत राजनीतिक हस्तक्षेपले आक्रान्त छन् । जसका कारण विपत्तिलगायत सामाजिक गतिविधिमा यस्ता संस्थाको सक्रियतामा कमी आइरहेको छ । यस्ता संस्थालाई राजनीतिक र सरकारी हस्तक्षेपबाट मुक्त गरी निर्वाध सञ्चालन गर्न दिनुपर्ने विज्ञ बताउँछन् ।


२००९ सालमा स्थापनाका बेला स्काउटको प्रमुख संरक्षक राजा रहने व्यवस्था थियो । गणतन्त्रपछि अहिले प्रधानमन्त्री प्रमुख संरक्षक छन् । अनुशासित नागरिक तयार गर्ने स्काउटलगायत सामाजिक संस्था राजनीतिबाट मुक्त गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..