कौडा खेलिरहेका ४ पक्राउ

काभ्रे । कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेले ४ जनालाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८ स्थित भुम्लुटारमा मंसिर ७ गते राति ९ः१५ बजे कौडा खेलिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।


गोप्य सूचनाका आधारमा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लु काभ्रेबाट खटिएको टोलिले उक्त स्थानबाट ७९ हजार ४ सय ७५ रुपैयाँ र १ सेट कौडा बरामद गर्नुको साथै ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..